Gajal



गजल


सपनाको देशमा आज अर्को सहर बढ्यो
धेरै पछि फेरी किन, उनलाई भेट्ने रहर बढ्यो

गजलसगैँ बुनेका, मायाका ति शेरहरु
सम्झानामा टोलाउदा, फेरि अर्को वहर बढ्यो

अधेरी त्यो रातमा, उनीलाइ नै सम्झि बस्दा
किन किन यस्तो लाग्छ, रातको चौथो प्रहर बढ्यो

केही लेखुँ भन्छु म, उनैको वयान गरि
सूरु गरूँ कहाँबाट श्रिङ्गारको लहर बढ्यो।
..........................................................................

गजल

ओसिएको मेरो मनलाइ बलाएरै छाड्यौ
बालेपछी मेरो मनलाइ जलाएरै छाड्यौ

नथाकिने यात्रा भन्दै उकालीमा लग्यौ
भिरमा पुराइ आफैलेनै गलाएरै छाड्यौ

मनले बाधे माया हाम्रो कहाँ ढल्छ भन्थ्यौ
मननै रेटी आखिर माया ढलाएरै छाड्यौ

फुलको बोटमा फुलै फुल फुल्छ भन्थेँ म त
तर तिमीले बिषै बिष फलाएरै छाड्यौ

पवन जस्तै स्वतन्त्र थियो मेरो जिवन
यो जिन्दगीमा राज तिमीले चलाएरै छाड्यौ
 ......................................................................................

गजल


बेवारिसे सम्बन्धले चोटिल साइनो लाउछ कि त
जिवनले यो मोडमा महाधोका पाउछ कि त
उज्यालोको आशा मर्यो प्रकाश अट्ने ठाउँ छैन
जिन्दगीको स्वर्नीम दिनमा अन्धकार छाउछ कि त
खुशीसाथ बाचौँ ,   भने दुखैदुख वरिपरी
हर्षका रङ्गीन पाइलाहरु अन्त कतै धाउछ कि त
वेसुद्धिले विवेक चिर्योँ थारै बाकि हड्बडिएँ
पागल भनि दुनियाले मेरै गित गाउछ कि त?






NEWS NEPAL





No comments: