Thursday, May 19, 2011

गजल

ओसिएको मेरो मनलाइ बलाएरै छाड्यौ
बालेपछी मेरो मनलाइ जलाएरै छाड्यौ

नथाकिने यात्रा भन्दै उकालीमा लग्यौ
भिरमा पुराइ आफैलेनै गलाएरै छाड्यौ

मनले बाधे माया हाम्रो कहाँ ढल्छ भन्थ्यौ
मननै रेटी आखिर माया ढलाएरै छाड्यौ

फुलको बोटमा फुलै फुल फुल्छ भन्थेँ म त
तर तिमीले बिषै बिष फलाएरै छाड्यौ

पवन जस्तै स्वतन्त्र थियो मेरो जिवन
यो जिन्दगीमा राज तिमीले चलाएरै छाड्यौ।

No comments: