मुक्तक

........................................................
तिमी छैनौ, यो अधुरो रात छ

घातमाथि अर्को, प्रतिघात छ
कुन ब्रान्डको, विस्की हौ तिमी ?
सम्झनामै, यति धेरै मात छ ।

.................................................................
भन्छन् आजकाल, ठिटीको भर हुन्न
नेपालमा केटी नपाउने, डर हुन्न
खुट्टा भए जुत्ता, जति पनि पाइन्छ
माया लाउन नमान्नेलाई, कर हुन्न
 
............................................................. 
पिरतीको गाउँभित्र, यो मन् हरायो
मन डुलाउने रहरमा, जोवन हरायो
सुस्ताएर आउला भनी, कुर्दा कुर्दै
जवानीको वैँशभित्र पवन हरायो

.......................................................
थर्काउन सक्नेले, भोट पचाए
कुर्सी पण्डितहरुले, नोट पचाए
लङ्गडो देशमा, टाउकेको रजाई
पालैपालो प्रधानमन्त्रि, कोट पचाए