Sunday, September 26, 2010

गजल

आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो
जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो

पारी किनार मायाबारी पारि नै छ प्रित
तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो

वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु
तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो

भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले
केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो

सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें
अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो

Tuesday, July 27, 2010

गजल

माया बिना एक्लै संसार चलाएर हेर
पश्चतापमा अफ्नै मूटू जलाएर हेर

अथक साथ दिदा भयो तिमीलाइ अपच
झुटो साथमा जीवन अब गलाएर हेर

पहिलो पाइलै सगरमाथा टेक्न खोज्यौ तिमी
बोट बिनै फल अब फलाएर हेर

घमन्डले आफै चढ्यौ अनि खस्यौ तल
चुनौतिका पर्खाल एक्लै ढलाएर हेर

Monday, July 19, 2010

गजल

अहङ्कारी वस्तिमा फलेको चलन
कुरा नगर यहाँ चलेको चलन

अन्धकारीहरुको यहा ठुलो भिड छ
भो! निराशा बोकेर बलेको चलन

सबै दुखीमाथी छ यहा शोषण
आफ्नै व्यथामा गलेको चलन

छैन शक्ति कसैको न छ शाहास
शक्तिशाली सामु ढलेको चलन

दरिद्रताको आगोमा जल्दैछन दुनिया
त्यही आगोभित्र जलेको चलन।।