Sunday, September 26, 2010

गजल

आज भने तिम्रो छेउ पर्न पाए हुन्थ्यो
जिस्काउदै तिम्रो नजिक सर्न पाए हुन्थ्यो

पारी किनार मायाबारी पारि नै छ प्रित
तिमीसँगै प्यारो गंगा तर्न पाए हुन्थ्यो

वर्षायामको झरी जस्तै जहीतही ओर्लीरैछु
तिम्रो मनको बलेसीमा झर्न पाए हुन्थ्यो

भावानाका तरङ्गमा प्रेमलहरी धेरै फले
केही बिज तिम्रो दिलमा छर्न पाए हुन्थ्यो

सगैं बाच्ने सँगै हिड्ने कसम बनाईसकें
अन्तिम ईच्छा,तिमीसँगै मर्न पाए हुन्थ्यो

1 comment:

Sandip's Weblog said...

अविरल जी यसरी कलमलाई बिट मार्नु भएन है । अनि ब्लग लोड हुँदा ले त मलाई छक्कै बनायो । त्यसमा पनि सुधार गर्नु होला । तपाईको गजल एक दमै राम्रा छन् मैका मिलाएर मलाई पनि दिनु होला ।